मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विपक्षी चेतावनीः उपसभामुख हटाउने कदमले देशमा ‘एकात्मकता’को खतरा पैदा गर्छ

1.8K
SHARES
विपक्षी चेतावनीः उपसभामुख हटाउने कदमले देशमा ‘एकात्मकता’को खतरा पैदा गर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी राजनीतिक शक्तिहरूले उपसभामुख इन्दिरा रानामगरलाई बहुमतका आधारमा हटाउन खोजिएको कदमको कडा विरोध जनाउँदै उक्त निर्णयले देशलाई ‘एकात्मक शासनतिर’ धकेल्ने चेतावनी दिएका छन् ।

विपक्षी दलहरूको बैठकपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले उपसभामुखविरुद्ध प्रमाण र आधारबिनै कारबाही अघि बढाइएको दाबी गरे । ‘बिना कारण, बिना प्रमाण, बिना आधार अभियोग लगाइँदैछ,’ यादवले भने, ‘यस्तो काम सरकारको पक्षमा पर्दैन। यसो गर्नुभए कुशासन सुरु हुन्छ ।’

उनका अनुसार उपसभामुखलाई हटाउने कोसिस भए सडकदेखि सदनसम्म संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय भएको छ । यादव भन्छन्, ‘यसरी हटाउँदा देश एकात्मक शासनतिर जान्छ । विपक्षी सबै एक भएर यसको प्रतिवादमा उत्रिनेछन् ।’

बैठकमा सहभागी दलहरूका अनुसार उपसभामुख रानामगरविरुद्ध ठोस प्रमाण प्रस्तुत नगरी सरकारले कारबाही अघि बढाए सोको मजबुत प्रतिवाद गर्ने छ । यादवले भने, ‘उहाँलाई हटाउन प्रमाण चाहिन्छ । त्यसैले हामीले सरकारलाई सतर्क गराएका हौँ ।’

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, रास्वपाबाट डोलप्रसाद अर्याल, सन्तोष परियार, राप्रपाबाट बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, शेरबहादुर कुवँर, आम जनता पार्टीबाट प्रभु साह र नेपाल समाजवादी पार्टीबाट महेन्द्र राय यादव सहभागी थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार १२:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP