मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुण्डा नाइके पक्राउमा निरन्तरताः राजु गोर्खाली समातिए

2.1K
SHARES
गुण्डा नाइके पक्राउमा निरन्तरताः राजु गोर्खाली समातिए

काठमाडौं । पछिल्लो समय राजधानीमा गुण्डा नाइके र अपराधमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले कडाइ गर्दै आएको छ । आइतबार प्रहरीले सिन्धुपाल्चोक निवासी राजु गोर्खालीलाई पक्राउ गरेको छ । उनलाई बैंकिङ कसुरसम्बन्धी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

गोर्खाली पहिले पनि दर्जनौँ पटक पक्राउ परेका व्यक्ति हुन् । उनी सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसका नेता समेत हुन् र २०७९ सालको प्रतिनिधिसभा चुनावमा कांग्रेसले उनलाई क्षेत्र नम्बर २ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको थियो ।

यो घटनासँगै प्रहरीले गुण्डागर्दी नियन्त्रणमा निरन्तरता दिएको देखिएको छ । यसअघि १६ साउनमा अर्का गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ परेका थिए । त्यसमध्ये १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रहरीको कार्यवाहीपछि मुद्दा चलाइएका केही आरोपीलाई अदालतले धरौटीमा छोडेको थियो । काठमाडौं जिल्ला अदालतले २९ साउनमा मुद्दा चलाइएका व्यक्तिहरूलाई जनही ३० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो भने भक्तपुर जिल्ला अदालतले ३० साउनमा चक्रे मिलनलाई कुटपिटसम्बन्धी मुद्दामा १ लाख १० हजार रुपैयाँ धरौटीमा छोड्न अनुमति दिएको थियो ।

राजधानीमा गुण्डा नाइके नियन्त्रणमा लिने प्रहरीको यो कदमले अपराध नियन्त्रणमा प्रभावकारी कदम उठाइरहेको संकेत गर्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ०८:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP