मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चक्रे मिलनसहित १९ जनामाथि अभद्र व्यवहारको मुद्दा

1.2K
SHARES
चक्रे मिलनसहित १९ जनामाथि अभद्र व्यवहारको मुद्दा

काठमाडौं । गुण्डा नाइकेका रूपमा चिनिने मिलन गुरुङ (चक्रे मिलन) सहित १९ जनाविरुद्ध अभद्र व्यवहारको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । प्रहरीले उनीहरूलाई पटके कसुरदार भएको आधारमा अदालतमा पेश गरेको हो ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंले संयुक्त रूपमा गरेको अपरेशनमार्फत चक्रेसहित ४७ जना पक्राउ परेका थिए । तीमध्ये २८ जनालाई पछि रिहा गरिएको थियो ।

अहिले मुद्दा खेपिरहेका १९ जनामा चक्रे मिलनसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन् ।

प्रहरीका अनुसार, मध्यरातमा महाराजगञ्जस्थित होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी मनाउने नाममा ठूलो होहल्ला भएको थियो । सोही क्रममा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार १०:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP