मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले बुझाए राजीनामा पत्र

3K
SHARES
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले बुझाए राजीनामा पत्र

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले, अर्को दिन अर्थात् आज बुधबार, सभामुखलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्, “मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम, आजैबाट लागु हुने गरी पदबाट राजीनामा गर्दछु ।”

यससँगै खतिवडा अब समितिको नेतृत्वबाट बाहिरिने भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार १०:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP