मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

1.2K
SHARES

जापानी मुक्केबाज हिरोसिमा उराकावाको मस्तिष्क चोटका कारण निधन

टोकियो । अगस्ट २ मा टोकियोमा आयोजित बक्सिङ प्रतियोगितामा गम्भीर चोटपटक भोगेका २८ वर्षीय जापानी मुक्केबाज हिरोसिमा उराकावाको आइतबार निधन भएको छ । भिडन्तका क्रममा उनको मस्तिष्कमा चोट लागेर रक्तसञ्चार अवरुद्ध भएको चिकित्सकहरूले पुष्टि गरेका छन् ।

यसअघि सोही इभेन्टमा प्रतिस्पर्धा गरेका अर्को मुक्केबाज, सिगेतोसी कोतारीको पनि शुक्रबार मृत्यु भएको थियो । दुवैको मृत्यु मस्तिष्कमा रक्तसञ्चार रोकिने गम्भीर चोटका कारण भएको हो ।

विश्व बक्सिङ संगठन (डब्लुबिओ) ले विज्ञप्ति जारी गर्दै उराकावाको निधनले आफूहरू स्तब्ध भएको जनाएको छ । यस घटनापछि जापानी बक्सिङ कमिसन (जेबिसी) ले ओरियन्टल र प्यासिफिक बक्सिङ फेडेरेसनका सबै प्रतियोगिता अब १२ राउन्डको साटो १० राउन्डमा सीमित गर्ने निर्णय गरेको छ ।

जेबिसीले घटनाको छानबिन गर्न तथा सेप्टेम्बरमा हुने भिडन्तका लागि तयारीबारे छलफल गर्न बैठक बोलाउने भएको छ । उराकावा यो वर्ष ज्यान गुमाउने तेस्रो चर्चित पेशेवर मुक्केबाज हुन् । यसअघि फेब्रुअरीमा बेलफास्टमा भएको भिडन्तमा आयरल्यान्डका जोन कोनीको मृत्यु भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २६, सोमबार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP