मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘क्युँञित बू फुटसल कप २०८२’ साउन ३१ गते हुने

4.2K
SHARES
‘क्युँञित बू फुटसल कप २०८२’ साउन ३१ गते हुने

काठमाडौं । क्युँञित बू कल्याण कोषको आयोजनामा सुनुवार समुदायबीचको खेलकुद मैत्रीता सुदृढ गर्ने उद्देश्यसहित ‘क्युँञित बू फुटसल कप २०८२’ आगामी साउन ३१ गते शनिबार हुने भएको छ ।

प्रतियोगिता काठमाडौंको पेप्सीकोलास्थित रोयल नेपाल फुटसल मैदानमा बिहान ६ बजेदेखि सुरु हुनेछ । खेल ७–ए–साइड फुटसल नियमअनुसार सञ्चालन हुनेछ ।

आयोजकका अनुसार प्रत्येक टिममा ७ जना खेलाडी र ३ जना वैकल्पिकसहित १० जना सम्म खेलाडी सहभागी हुन सक्नेछन् । प्रतियोगितामा सुनुवार समुदायका युवा, संस्थागत टिमहरू तथा खेलप्रेमीहरूले सहभागिता जनाउन सक्नेछन् ।

विजेता टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेतालाई ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई विशेष सम्मानस्वरूप ट्रफी प्रदान गरिनेछ ।

टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ भने इच्छुक टोलीहरूले साउन २५ गतेभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।

खेलकुदमार्फत युवाबीच सहकार्य, सद्भाव र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्युँञित बू कल्याण कोषले जनाएको छ ।

विसं २०६२ मा स्थापना भएको ‘क्युँञित बू कल्याण कोष’ सुनुवार आदिवासी समुदायको क्युँञितिचा थरगत संस्था हो । संस्थाले समुदायको अधिकार, पहिचान र समुन्नतिको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २०, मंगलवार ०५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP