मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

2.4K
SHARES
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सामान्यतया यसको औसत अवस्थाको उत्तरतर्फ सरेको छ र देशको तराई क्षेत्रमा अवस्थित छ । यद्यपि देशभर मनसुनको प्रभाव कायम रहे पनि जलवाष्पयुक्त हावाको आपूर्ति केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, साथै अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम खालको वर्षा हुने सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज रातिको मौसमबारे पनि महाशाखाले जानकारी दिँदै देशभर सामान्यतया बदली रहने जनाएको छ । मधेस, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका केही स्थानहरूमा र अन्य प्रदेशका केही थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुन सक्ने देखिएको छ । विशेषगरी कोशी प्रदेशको पहाडी भू–भागमा भारी वर्षाको जोखिम यथावत् रहेको महाशाखाले चेतावनीस्वरूप उल्लेख गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २२, बिहीबार ०४:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP