मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बहुविवाहलाई कानुनी मान्यता दिन सकिँदैनः कानुन मन्त्री चौरसिया

2.3K
SHARES
बहुविवाहलाई कानुनी मान्यता दिन सकिँदैनः कानुन मन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले बहुविवाहलाई कानुनी स्वीकृति दिने कुनै प्रस्ताव सरकारको तर्फबाट नआएको र भविष्यमा पनि त्यस्तो विधेयक संसदमा नल्याइने स्पष्ट पारेका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले बहुविवाहलाई वैध ठहर गर्ने कानुनी व्यवस्था नबनेको र त्यो भविष्यमा पनि नहुने प्रतिबद्धता जनाए ।

“समाजमा गम्भीर नकारात्मक असर पार्न सक्ने बहुविवाह सम्बन्धी कुनै कानुनी प्रावधान संसदमा पेश गरिँदैन,” मन्त्री चौरसियाले संसदमा धारणा राख्दै भने । उनले सभामुख देवराज घिमिरेसँग समय मागेर आफ्नो भनाइ राखेका थिए ।

यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका सांसदहरूले बहुविवाह सम्बन्धी धारणा र प्रस्तावबारे प्रश्न उठाएका थिए । मन्त्री चौरसियाले ती प्रश्नहरूको जवाफ दिँदै सरकार बहुविवाहजस्तो प्रतिगामी धारणा स्वीकार नगर्नेमा अडिग रहेको बताएका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार १०:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP