मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचनमा कहिल्यै अमर्यादित कार्य गरेको छैनः प्रधानमन्त्री ओली

1.8K
SHARES
निर्वाचनमा कहिल्यै अमर्यादित कार्य गरेको छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले निर्वाचनको क्रममा कहिल्यै अमर्यादित गतिविधि नगरेको स्पष्ट पारेका छन् । आइतबार बालुवाटारस्थित सरकारी निवासमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले स्वच्छ र साधनसिमित निर्वाचन लडेको अनुभव सुनाए ।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको निर्वाचन प्रणाली महँगो बन्दै गएको, कालोधन निर्वाचनमा प्रयोग हुने गरेको जस्ता टिप्पणी गरेका थिए । तर प्रधानमन्त्री ओलीले यस्ता टिप्पणीहरूलाई च्यालेन्ज गर्दै आफ्ना विगतका अनुभवहरू साझा गरे ।

“२ सय रुपैयाँमा चुनाव लडेँ, २० रुपैयाँ बचाएँ”
ओलीले २०४८ सालमा झापाबाट पहिलोपटक चुनाव लड्दा पार्टीले दिएको २ सय रुपैयाँ बाटो खर्चमध्ये २० रुपैयाँ बचाएको स्मरण गरे ।
ूमहासचिव माधव नेपालले बाटो खर्चका लागि २ सय रुपैयाँ दिनुभएको थियो । १८० रुपैयाँ बसभाडा र २० रुपैयाँ खाना खर्च भयो । साथीले खाना तिर्ने भनेपछि त्यो पैसा पनि बच्यो,” प्रधानमन्त्री ओलीले सुनाए ।
उनले थपे, “चुनावपछि पाँच–सात जना साथीहरूसँग बसेर त्यो बचत रकमले चिया खाएका थियौं ।”

दुईपटक सर्वाधिक मत ल्याएर विजयी
प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक यात्रामा दुई आमनिर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको दाबी गर्दै भने, “धनको शक्ति, बलको प्रयोग, बुथ कब्जा, धम्की वा कुनै अनुचित माध्यमबिना स्वच्छ रूपमा जनताले मलाई जिताएका हुन् ।”

उनले आफूविरुद्ध कसैले कुनै निर्वाचनमा अपथगामी कार्यको प्रमाण दिन सकेमा स्वीकार गर्न तयार रहेको बताए। “म सञ्चारमाध्यममा बोलिरहेको छु। यदि मैले कुनै निर्वाचनमा नियम उल्लंघन गरेको छु भन्ने प्रमाण छ भने सार्वजनिक गर्न सकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “रिसको कारण गाली गर्नु बेग्लै कुरा हो, तर तथ्य प्रमाणित गर्न सकिन्छ भने म तयार छु ।”

चुनाव महँगो हुने प्रवृत्तिप्रति असहमति
कार्यक्रममा उठेका ‘निर्वाचन महँगो हुँदै गएको’ भन्ने धारणा प्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले निर्वाचन खर्च नियन्त्रणयोग्य हुने र ईमानदार रूपमा पनि चुनाव जित्न सकिने उदाहरण आफू भएको जिकिर गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १८, आईतवार ०८:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP