मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरी ऐन संशोधनः ‘स्वास्नी मानिस’ हटाएर समावेशी भाषा प्रयोग, ‘क्षेत्रीय’ सट्टा ‘प्रदेश’ शब्द

2.2K
SHARES
प्रहरी ऐन संशोधनः ‘स्वास्नी मानिस’ हटाएर समावेशी भाषा प्रयोग, ‘क्षेत्रीय’ सट्टा ‘प्रदेश’ शब्द

काठमाडौं । सरकारले प्रहरी ऐन २०१२ मा शब्दावली र संरचनागत सन्दर्भमा संशोधन गरेको छ । नेपाल राजपत्रमा प्रकाशित विवरण अनुसार ऐनको दफा १५ को खण्ड (ट) र दफा ३६ को उपदफा (१) को खण्ड (ख) मा परिवर्तन गरिएको हो ।

‘स्वास्नी मानिस’ हटाई समावेशी भाषा
दफा १५ को खण्ड (ट) मा पहिले “सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र ‘स्वास्नी मानिस’ तथा केटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासि नम्रतासाथ व्यवहार गर्ने” उल्लेख थियो । तर, यो खण्डमा प्रयोग गरिएका केही शब्दप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनिएको थियो । विशेष गरी ‘स्वास्नी मानिस’ भन्ने अभिव्यक्तिलाई असंवेदनशील र विभेदपूर्ण मानिँदै आलोचना गरिएको थियो ।

अब संशोधित प्रावधानअनुसार उक्त खण्डमा “सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने” भनिएको छ । यसले भाषिक मर्यादा र सामाजिक समावेशीतामा जोड दिने सरकारी प्रयासको संकेत गर्छ ।

‘क्षेत्रीय’ अदालतको सट्टा ‘प्रदेश’ अदालत
प्रहरी ऐनको दफा ३६ को उपदफा (१) को खण्ड (ख) मा रहेको ‘क्षेत्रीय’ शब्दलाई हटाएर ‘प्रदेश’ शब्द समावेश गरिएको छ । संघीय शासन व्यवस्थालाई अनुरूप तुल्याउने उद्देश्यले यो शब्द परिवर्तन गरिएको बताइएको छ ।

खण्ड (ख) अनुसार, “जिल्ला प्रहरी विशेष अदालत, प्रदेश प्रहरी विशेष अदालत र प्रहरी विशेष अदालत” को गठन आवश्यकता अनुसार गृह मन्त्रालयले गर्नेछ । ती अदालतमा न्याय सेवा अधिकृतको अध्यक्षतामा एक जना प्रहरी अधिकृतसहित तीन सदस्य रहने व्यवस्था यथावत् राखिएको छ । साथै, कारबाहीको सन्दर्भमा सम्बन्धित प्रहरी अधिकृतको श्रेणीभन्दा तल्लो श्रेणीका अधिकृतले हेर्ने व्यवस्था पनि यथास्थितिमा कायम छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १८, आईतवार ०८:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP