मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर ७८ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

2.1K
SHARES
देशभर ७८ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं । चालु वर्षको साउन दोस्रो सातासम्म देशभर ७८.८४ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो तथ्यांक आइतबारसम्मको हो ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ, जहाँ ९८.९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । त्यसपछि लुम्बिनीमा ९२.०४ प्रतिशत, कर्णालीमा ९१.३८ प्रतिशत र बागमतीमा ८७.१९ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेशमा ८०.३९ प्रतिशत र मधेश प्रदेशमा ५१.८२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ भने गण्डकी प्रदेशमा भने यो दर अत्यन्तै कम (८.५३) प्रतिशत मात्रै रहेको छ ।

गत वर्षको यही समयमा (साउन १३ गतेसम्म) देशभर ९२.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । यसपालि मधेश प्रदेशसहित केही क्षेत्रमा पर्याप्त वर्षा नहुनु र जलस्रोतको अभाव प्रमुख कारण बनेको मन्त्रालयको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १२, सोमबार ०५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP