मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बा–५ मा सामाजिक सुरक्षा भत्ता नविकरण सुरु

3.6K
SHARES
खिजीदेम्बा–५ मा सामाजिक सुरक्षा भत्ता नविकरण सुरु

ओखलढुंगा (खिजीफलाटे) । खिजीदेम्बा गाउँपालिका–५, ओखलढुंगाले आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक सुरक्षा भत्ता नविकरण प्रक्रिया सुरु गरेको छ । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीहरूको विवरण अद्यावधिक गर्न वडा कार्यालयले आज (साउन ११) बाट औपचारिक रूपमा नविकरण प्रक्रिया अघि बढाएको हो ।

यस कार्यको सुरुवात जनज्योति आधारभूत विद्यालय, निभारेबाट गरिएको छ । त्यहाँ केन्द्र निर्धारण गरी सो क्षेत्रका लाभग्राहीहरूको विवरण संकलन सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

यसअघि सार्वजनिक गरिएको सूचनाअनुसार, लाभग्राहीहरूले तोकिएको मिति र स्थानमा आवश्यक कागजातसहित उपस्थित भई साउन ११ गतेदेखि भदौ १० गतेभित्र नविकरण गर्नुपर्नेछ । नविकरणका लागि नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र वा सोको आवेदन फाराम, बालपोषण, अपाङ्गता वा एकल महिला भत्ताका हकमा सम्बन्धित प्रमाणपत्रहरू अनिवार्य हुने वडाले स्पष्ट पारेको छ ।

वडाले समयमै नविकरण नगरिएमा कुनै पनि प्रकारको जिम्मेवारी नलिने स्पष्ट गर्दै लाभग्राहीहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरेको छ ।

वडाले तोकेको तालिकाअनुसार:

*  साउन ११ गते जनज्योति आधारभूत विद्यालय, निभारे

*  साउन १२ गते थामथोले आधारभूत विद्यालय, चुप्लुभञ्ज्याङ

*  साउन १३ गतेदेखि भदौ १० गतेसम्म वडा कार्यालयको भवन ।

सूचनामा भनिएको छ, “समयमै नविकरण नगरेमा वडाले कुनै जिम्मेवारी वहन गर्ने छैन ।”

नविकरणका लागि आवश्यक कागजातहरू:
— नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

— राष्ट्रिय परिचयपत्र वा सोको आवेदन रुजु फारामको प्रतिलिपि

— बालपोषण भत्ताका लागि बच्चाको जन्मदर्ता र बुबाआमाको नागरिकताको प्रतिलिपि

— अपाङ्गता भत्ताका लागि अपाङ्गताको परिचयपत्रको प्रतिलिपि

— एकल महिला भत्ताका लागि श्रीमानको मृत्यु दर्ता र अविवाहित सिफारिसको प्रतिलिपि

वडाले लाभग्राहीहरूलाई तोकिएको मिति र स्थानमा आवश्यक कागजातसहित उपस्थित भई नविकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ११, आईतवार ०९:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP