मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कम्बोडिया–थाइल्याण्ड सीमा तनाव तेस्रो दिनमा पनि कायमै, मृत्यु र विस्थापन बढ्दै

2.4K
SHARES
कम्बोडिया–थाइल्याण्ड सीमा तनाव तेस्रो दिनमा पनि कायमै, मृत्यु र विस्थापन बढ्दै

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीचको सशस्त्र द्वन्द्व तेस्रो दिनसम्म पनि रोकिने संकेत देखिएको छैन । गत बिहीबारबाट सुरु भएको तनाव शनिबारसम्म आइपुग्दा दुबै पक्षका गरी कम्तीमा ३२ जनाको ज्यान गइसकेको छ भने दर्जनौं घाइते भएका छन् ।

थाइल्याण्डले आफ्ना १९ नागरिकले ज्यान गुमाएको पुष्टि गरिसकेको छ, जबकि कम्बोडियाले १३ जनाको मृत्यु भएको जनाएको छ । निरन्तरको सैन्य झडपका कारण दुवै देशका सीमा क्षेत्रमा त्रास बढ्दो छ ।

१ लाख ३० हजारभन्दा बढी विस्थापित
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, द्वन्द्वले अहिले सम्म १ लाख ३० हजारभन्दा बढी मानिसलाई विस्थापित बनाइसकेको छ । धेरैजसो स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सरेका छन्, र आपतकालीन शिविरहरूमा अत्यावश्यक सेवाको अभाव देखिएको छ ।

तटीय क्षेत्रसम्म द्वन्द्व विस्तार
सुरुमा उत्तर–पूर्वी सीमा क्षेत्रमा सीमित रहेको हिंसात्मक झडप अहिले विस्तार भएर तटीय भेगसम्म पुगेको छ । समाचार संस्था रोयटर्सका अनुसार थाई नौसेनाले ट्राट प्रान्तमा नयाँ सैन्य मोर्चा खुलेको पुष्टि गरेको छ । यो स्थान अघिल्लो द्वन्द्व क्षेत्रभन्दा करिब १०० किलोमिटर टाढा पर्छ, जसले द्वन्द्वको दायरा अझ फैलिएको संकेत गर्छ ।

पृष्ठभूमिः तनावको बीउ
विगत केही महिनायता सीमावर्ती क्षेत्रमा पटक–पटक विवाद सृजना हुँदै आएको थियो । विशेषतः, गत मे महिनामा एक कम्बोडियाली सैनिकको ज्यान गएको घटनापछि तनाव झनै चुलिएको थियो । त्यसपछि सीमामा सैन्य उपस्थिति बाक्लिएको थियो, जुन अहिले सशस्त्र झडपमा परिणत भएको छ ।

अन्तर्राष्ट्रिय चिन्ता
सीमावर्ती द्वन्द्वका कारण दक्षिण–पूर्वी एसियामा शान्ति र स्थायित्वप्रति चिन्ता बढेको छ । राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय मानवअधिकार समूहहरूले दुबै पक्षलाई संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न आह्वान गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १०, शनिबार ०९:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP