मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साइबेरियाको जङ्गलमा दुर्घटनाग्रस्त विमान फेला, सबै सवारको ज्यान गएको आशंका

1.4K
SHARES
साइबेरियाको जङ्गलमा दुर्घटनाग्रस्त विमान फेला, सबै सवारको ज्यान गएको आशंका

काठमाडौं । सुदूरपूर्वी रुसको साइबेरिया क्षेत्रबाट बिहीबार बेपत्ता भएको एउटा यात्रुबाहक विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

रुसी निर्माण कम्पनी एन्टोनोभको एन–२४ मोडेलको उक्त विमान अमूर क्षेत्रको ब्लागोभेस्चेन्स्क शहरबाट टिन्ड्रा गन्तव्यतर्फ जाँदै थियो । उडान भरिएको केहीबेरमै सम्पर्कविहीन भएको विमानको भग्नावशेष टिन्ड्राबाट झण्डै १५ किलोमिटर टाढा घना जङ्गलमा भेटिएको हो ।

विमानमा ४३ जना यात्रु र ६ जना चालक दलसहित ४९ जना सवार थिए ।

खोज र उद्धारका लागि परिचालित हेलिकोप्टरबाट खिचिएको तस्बिरमा विमान पूर्ण रूपमा क्षतविक्षत अवस्थामा देखिएको छ । प्रारम्भिक अनुमानअनुसार सबै सवारको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ, यद्यपि आधिकारिक पुष्टि आउन बाँकी छ ।

उक्त एन–२४ मोडेलको विमान सन् १९७६ मा निर्माण भएको थियो । विमान अङ्गरा एअरलाइन्स नामक साइबेरियामा आधारित क्षेत्रीय सेवा प्रदायक कम्पनीद्वारा सञ्चालित थियो ।

विमान दुर्घटनाको कारण हालसम्म खुलेको छैन । रुसी नागरिक उड्डयन प्राधिकरण र आपतकालीन सेवा निकायले घटनास्थलमा अनुसन्धान प्रारम्भ गरिसकेको जनाएका छन् ।

यो दुर्घटना पछिल्लो समय साइबेरिया क्षेत्रमा भएका उड्डयन दुर्घटनाहरू मध्ये एक गम्भीर घटना मानिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ८, बिहीबार १०:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP