मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विद्याको सक्रिय राजनीतिमा फिर्ती प्रयासमाथि एमालेको रोक

3.9K
SHARES
विद्याको सक्रिय राजनीतिमा फिर्ती प्रयासमाथि एमालेको रोक

काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कने संकेतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उनलाई कुनै दलको सदस्य वा नेता बन्नु संविधानको मर्म विपरीत हुने भन्दै पार्टी सदस्यता नवीकरण नै नगर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको नवौँ बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पूर्व राष्ट्रपतिबाट राजनीतिक सक्रियता जनाउने प्रयासप्रति पार्टीको विशेष ध्यान गएको छ ।’ एमालेले पूर्व राष्ट्रपतिलाई पार्टी राजनीतिमा संलग्न गराउन नहुने स्पष्ट निष्कर्षसहित आठ कारणसमेत सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा नेपाल संविधानको भाग ६, धारा ६१ लाई उद्धृत गर्दै भनिएको छ, ‘राष्ट्रपति राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रवर्द्धक, संविधानको पालक तथा संरक्षक, र सेनाको परमाधिपति हुन् । यस्ता जिम्मेवारी पूरा गरिसकेपछि कुनै दलको सदस्य वा नेता बन्ने कुरा संविधानको भावनासँग मेल खान सक्दैन ।’

एमालेको भनाइमा, भण्डारी जस्तो व्यक्तित्वले फेरी दल विशेषको संलग्नता लिएर कार्यकर्ता वा नेताको भूमिकामा जानु राष्ट्रपतिको गरिमा र निष्पक्ष भूमिकासँग बाझिने कार्य हो । बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान प्रकट गर्दै अबको भूमिकामा पनि त्यो गरिमामय हैसियतमा बसिरहनु उपयुक्त हुने सुझाव दिएको छ ।

पार्टीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्राध्यक्ष, राष्ट्रिय गौरवको प्रतीक, गणतन्त्रको पहरेदार, संविधानको संरक्षक, सेनाको प्रमुख, साझा व्यक्तित्व र राष्ट्रिय अभिभावकजस्ता भूमिका निर्वाह गरिसकेकी व्यक्तिले कुनै पार्टीको सदस्यता लिनु वा नेताको भूमिका खेल्नु न त सम्भव छ, न त उपयुक्त ।’

यस निर्णयसँगै एमालेले भण्डारीको राजनीतिक पुनरागमनमा स्पष्ट रूपमा ब्रेक लगाएको देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ७, बुधबार ०४:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP