मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विप्लवको चेतावनीः ‘तीन बुँदे कार्यान्वयन नगरे केपी ओलीको योजना पुरा हुँदैन’

3.5K
SHARES
विप्लवको चेतावनीः ‘तीन बुँदे कार्यान्वयन नगरे केपी ओलीको योजना पुरा हुँदैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन बुँदे सहमति तत्काल कार्यान्वयन गर्न कडा सन्देश दिएका छन् । विप्लवले सहमति बेवास्ता गरिए अब चुप लागेर बस्ने अवस्था नरहने स्पष्ट पारेका छन् ।

मार्क्सवादी अध्ययन केन्द्रले ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा मंगलबार आयोजना काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दै विप्लवले आफूहरू चुनावी प्रतिस्पर्धामा जान तयार रहेको जनाए । ‘हामी चुनाव लड्छौं, जनतालाई भन्छौं— एकचोटि जिताएर हेर्नुस्,’ उनले भने, ‘नेपाल चलाउने कुरा हामी देखाउँछौं, हामी अरुजस्ता होइनौं । दलालहरू हटाएर जनताको शासन कस्तो हुन्छ भन्ने हाम्रो एजेण्डा हो ।’

विप्लवले केपी ओलीलाई लक्षित गर्दै थपे, ‘हामीसँग भएको तीन बुँदे सहमति लागू गर्नुहोस् । लागू नगरे तपाईंले सोचेजस्तो हुने छैन ।’

कार्यक्रममा उनले एमालेप्रति पनि टिप्पणी गरे । कम्युनिस्ट आन्दोलन लामो संघर्ष र आत्मसमीक्षाबाट गुज्रिएको उल्लेख गर्दै उनले भने, ‘एमाले राम्रो बाटोमा हिँडेको भए हामीलाई २०५२ सालमा त्यो कदम चाल्नुपर्ने थिएन ।’

उनको भनाइले एमालेप्रतिको असन्तुष्टि अझै कायमै रहेको संकेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ६, मंगलवार १२:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP