मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ढाकाको विद्यालयमा विमान दुर्घटनाः मृतकको संख्या २७ पुग्यो

1.5K
SHARES
ढाकाको विद्यालयमा विमान दुर्घटनाः मृतकको संख्या २७ पुग्यो

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भएको एक विमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मृतकमध्ये २५ जना स्कुले बालबालिका, एक शिक्षक र एक पाइलट रहेको पुष्टि भएको छ ।

बीबीसी बंगलाका अनुसार बंगलादेश सरकारका स्वास्थ्य मामिला प्रमुख सल्लाहकारका सहायक सैदुर रहमानले दुर्घटनामा २७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

सोमबार माइलस्टोन स्कुल एन्ड कलेजको भवनमा बंगलादेश वायुसेनाको एक ट्रेनर विमान खसेको थियो । दुर्घटनामा ७८ जना घाइते भएका छन् । घाइतेहरूको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको छ ।

दुर्घटनापछि बंगलादेशको अन्तरिम सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । घटनास्थलमा उद्धार र अनुसन्धान कार्य जारी छ भने घटनाले सम्पूर्ण मुलुकलाई स्तब्ध बनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ६, मंगलवार ०५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP