मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिरामी वैद्यलाई घरमै पुगेर प्रचण्डको भेट

2.7K
SHARES
बिरामी वैद्यलाई घरमै पुगेर प्रचण्डको भेट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनकै निवासमा पुगेर भेट गरेका छन् ।

बिरामी अवस्थामा रहेका नेता वैद्यसँगको भेटपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरेका छन् । ‘आज कमरेड मोहन वैद्य ‘किरण’सँग भेट्न उहाँकै निवासमा गएँ,’ प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

नेता वैद्य केही समयदेखि अस्वस्थ रहँदै आएका छन् । उपचारको क्रममा घरमै विश्राम गरिरहेका उनलाई भेट्न प्रचण्ड निजी रूपमा पुगेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ४, आईतवार ०६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP