मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जुरेमा पहिरोले अवरुद्ध बनायो अरनिको राजमार्ग

2K
SHARES
जुरेमा पहिरोले अवरुद्ध बनायो अरनिको राजमार्ग

काठमाडौं । लगातारको वर्षापछि सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहिरो जाँदा अरनिको राजमार्ग दुबैतर्फका सवारी आवागमनका लागि पूर्ण रूपमा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार राति गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । प्रहरी प्रमुख डीएसपी माधवराज खरेलले पहिरो हटाउने काम भोरैदेखि सुरु गरिएको जानकारी दिए । ‘पहिरो पन्छाउन स्काभेटर र लोडरको सहयोगमा प्रयास जारी छ,’ उनले बताए ।

राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधन बाटोमै अलपत्र परेका छन् । साथै, पहिरोले बिजुलीका पोल ढालेपछि उक्त क्षेत्रमा विद्युत् आपूर्ति र यातायात दुवैमा समस्या देखिएको छ ।

यसैबीच, सिन्धुपाल्चोककै अर्को क्षेत्र महभीरमा पनि सडक भासिँदा यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ४, आईतवार ०६:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP