मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय सञ्चित कोषमा दुई खर्ब रुपैयाँभन्दा बढीको घाटा

2.2K
SHARES
संघीय सञ्चित कोषमा दुई खर्ब रुपैयाँभन्दा बढीको घाटा

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ सकिँदासम्म संघीय सञ्चित कोषको घाटा दुई खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन ३२ गतेसम्म कोषमा दुई खर्ब चार अर्ब ९५ करोड ७३ लाख रुपैयाँभन्दा बढी घाटा देखिएको हो ।

सालको प्रारम्भमा उक्त घाटा दुई खर्ब २४ अर्ब ९९ करोड रुपैयाँ थियो । यसरी हेर्दा चालु आर्थिक वर्षमा घाटा करिब २० अर्ब रुपैयाँले घटेको देखिन्छ ।

गत वर्ष सरकारको कुल राजस्व संकलन ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो । त्यसबाहेक, २३ अर्ब ५२ करोड रुपैयाँ अनुदान र चार खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी वित्तीय स्रोत व्यवस्थापन गरिएको थियो ।

तर सोही अवधिमा १५ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिएको अर्थ मन्त्रालयको भनाइ छ । यसमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था अन्तर्गत गरिएका खर्चहरू समावेश छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २, शुक्रबार ०७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP