मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको संगठित सदस्यता नवीकरण गर्न अब परीक्षा अनिवार्य

1.3K
SHARES
एमालेको संगठित सदस्यता नवीकरण गर्न अब परीक्षा अनिवार्य

काठमाडौं । नेकपा (एमाले) का संगठित सदस्यहरूले अब सदस्यता नवीकरण गर्नुअघि अनिवार्य परीक्षा दिनुपर्ने भएको छ । पार्टीको केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी सचिव माधव ढुंगेलद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार, अबदेखि सदस्यता नवीकरण प्रक्रियाअन्तर्गत एक चरणको परीक्षण पास गर्नुपर्नेछ ।

परीक्षा कुन स्वरूपको हुने भन्ने जिज्ञासामा ढुंगेलले पार्टीका नीति, विचार, सिद्धान्त र संगठनप्रति सदस्यहरूको समझदारी कति छ भन्ने जाँच गर्न सामान्य परीक्षा लिने व्यवस्था गरिने जानकारी दिए ।

‘हामी पहिले प्रशिक्षण दिन्छौं, त्यसपछि वस्तुगत प्रश्न सोधिन्छ,’ ढुंगेलले भने, ‘जसमा सही उत्तरमा चिह्न लगाउनुपर्ने हुन्छ। प्रारम्भमा यो परीक्षा भौतिक रूपमा हुनेछ तर भविष्यमा अनलाइनमार्फत परीक्षा दिने विकल्प पनि खुला राखिनेछ ।’

हाल एमालेसँग करिब ५ लाख ५० हजार संगठित सदस्य छन् । पार्टीले सदस्यहरूको सक्रियता र वैचारिक स्पष्टता सुनिश्चित गर्न नयाँ प्रणाली लागू गर्न लागेको हो ।

संगठित सदस्यता नवीकरणमा परीक्षा प्रणाली थपिएसँगै अब सदस्य बन्ने वा रहिरहने चाहना राख्नेहरूलाई पार्टीको विचारप्रति स्पष्ट जानकारी र निष्ठा आवश्यक पर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३१, मंगलवार ०८:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP