मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मोबाइल चार्जर हटाउने क्रममा करेन्ट लागेर महिलाको ज्यान गयो

1.8K
SHARES
मोबाइल चार्जर हटाउने क्रममा करेन्ट लागेर महिलाको ज्यान गयो

काठमाडौं । खोटाङको वराहपोखरी गाउँपालिकामा मोबाइल चार्जर निकाल्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा स्थानीय फाक्टाङकी २५ वर्षीया इन्द्रा राई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राति करिब ८ बजेतिर आफ्नो कोठामा मोबाइल चार्जबाट निकाल्ने क्रममा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी अचेत अवस्थामा ढलेकी थिइन् ।

घटना तत्कालै थाहा पाएपछि परिवारका सदस्यहरूले उनलाई उद्धार गरेर नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याउने प्रयास गरेका थिए । तर उपचारका लागि लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भइसकेको थियो ।

प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक विवरण संकलन गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दिक्तेल पठाइएको छ ।

विद्युतसँग जोडिएका उपकरण प्रयोग गर्दा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । साथै घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३१, मंगलवार ०८:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP