मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोल्पाका ‘हराएका’ कर्मचारीहरू गुल्मीमा सुरक्षित भेटिए

2.3K
SHARES
रोल्पाका ‘हराएका’ कर्मचारीहरू गुल्मीमा सुरक्षित भेटिए

रोल्पा । तीन दिनदेखि सम्पर्कविहीन रहेका थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितका सात जना कर्मचारी गुल्मीमा सुरक्षित रूपमा भेटिएका छन् ।

गएको असार २४ गतेदेखि सम्पर्क टुटेपछि उनीहरू बेपत्ता भएको भन्दै गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले सार्वजनिक रूपमा विज्ञप्ति जारी गरेका थिए । उनले कर्मचारीहरूको अपहरण भएको आशंका पनि व्यक्त गरेका थिए ।

बिहीबार बिहान अध्यक्ष बुढा मगरले प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसँग सम्पर्क भएको जानकारी दिए । ‘उहाँले बिहान ७ः५ बजे फोन गरेर सम्पर्क गर्नुभयो र सबै जना सुरक्षित रहेको जानकारी दिनुभयो,’ अध्यक्ष बुढाले बताए । उनका अनुसार आजै ती कर्मचारीहरू लिवाङ हुँदै थबाङ फर्किने छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य, चन्द्र प्रकाश ओली, शिवकुमार वली र प्रदीप केसी असार २३ गते कार्यालयमा उपस्थित थिए । त्यसपछि उनीहरू भुक्तानीसम्बन्धी कामका लागि रुकुमपूर्व गएका थिए ।

तर असार २४ गते बिहानदेखि सबैको मोबाइल एकैपटक अफ भएपछि गाउँपालिकाले गम्भीर अवस्था आएको ठानी सार्वजनिक रूपमा अपहरणको आशंका गर्दै जानकारी दिएको थियो । हाल उनीहरू गुल्मीमा सुरक्षित भेटिएको पुष्टि भए पनि त्यहाँ कसरी पुगे र सम्पर्क किन टुट्यो भन्ने विषयमा अझै स्पष्ट खुलासा भइसकेको छैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २६, बिहीबार ०४:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP