मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

३४ अंकको उछालसहित नेप्से उकालो, कारोबारमा करिब १० अर्ब

2.4K
SHARES
३४ अंकको उछालसहित नेप्से उकालो, कारोबारमा करिब १० अर्ब

काठमाडौं । साताको कारोबारको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.४२ अंकले उकालो लागेको छ । आज सूचक १.२९ प्रतिशतले बढ्दै २,६९४.८२ बिन्दुमा पुगेको हो ।

आज ३१७ वटा कम्पनीका ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर ८९ हजार ४६८ पटक किनबेच हुँदा कुल कारोबार ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ पुगेको छ ।

धेरै दिनपछि आज सबै उपसूचकहरू हरियाली देखिए । जीवन बीमा समूह सबैभन्दा धेरै अर्थात् २.८३ प्रतिशतले उकालो लाग्दा निर्जीवन बीमा २.५१ र विकास बैंक समूह २.३१ प्रतिशतले बढे । बैंकिङ १।३६, वित्त १.९९, होटल तथा पर्यटन ०.७१ र जलविद्युत् ०.४७ प्रतिशतले उक्लिए ।

त्यस्तै, लगानी समूह १.०१, उत्पादन तथा प्रशोधन ०.६९, लघुवित्त ०.५६, म्युचुअल फण्ड ०.०६, व्यापार १.७६ र अन्य समूह ०.९१ प्रतिशतले बढेका छन् ।

आजको सत्रमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी का शेयर मूल्यहरू ९.९९ प्रतिशतले वृद्धि भई शीर्ष स्थानमा रहे ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार ११:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP