मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तीन प्रमुख दलका नेताहरूको बैठक आज सिंहदरबारमा

2.2K
SHARES
तीन प्रमुख दलका नेताहरूको बैठक आज सिंहदरबारमा

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आज (शुक्रबार) दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकका लागि समय र स्थान टुंगो लागेको हो ।

यसअघि बुधबार र बिहीबार बैठक बोलाइएको भए पनि नेताहरूको व्यस्त कार्यतालिकाका कारण बस्न सकेको थिएन ।

संसदमा जारी अवरोध हटाउने, बजेटमाथिको छलफल अगाडि बढाउने तथा विधेयकहरूमाथि आवश्यक निर्णय लिने विषयमा बैठक केन्द्रित रहने जनाइएको छ ।

भिजिट भिसा प्रकरणको छानबिनको मागसहित संसद् अवरुद्ध गरिँदै आएको छ । नेकपा माओवादी केन्द्र संसद् सञ्चालनका पक्षमा देखिए पनि रास्वपा र राप्रपा भने अझै अवरोध हटाउने पक्षमा छैनन् । यही कारण महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन्, र बजेटमाथि पनि व्यवस्थित छलफल हुन सकेको छैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ६, शुक्रबार ०४:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP