मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको आपत्तिः ‘रास्वपाले भिरेको रिबन अमर्यादित पोसाक’

2.4K
SHARES
कांग्रेसको आपत्तिः ‘रास्वपाले भिरेको रिबन अमर्यादित पोसाक’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू गलामा निलो रिबन लगाएर संसद्‌मा उपस्थित भएको विषयलाई लिएर नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्को मर्यादा र पोसाकसम्बन्धी नियम उल्लंघन भएको भन्दै सभामुख देवराज घिमिरेलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएका हुन् ।

उनका अनुसार संसद्‌को कार्यव्यवस्था नियमावलीको नियम ३० अनुसार अभद्र व्यवहार तथा अमर्यादित पोसाकबारे सभामुखले चेतावनी दिन सक्ने र आवश्यकता परे नियम ३१ अनुसार कारबाहीस्वरूप निष्कासनसमेत गर्न सकिने व्यवस्था छ ।

‘आज केही माननीयले जुन प्रकारको रिबन लगाउनुभएको छ, त्यो मर्यादित पोसाकको दायरामा पर्छ कि पर्दैन ? यदि भोलि कसैले हाफ पाइन्ट लगाएर आयो भने के गर्ने ?’ घिमिरेले प्रश्न गरे । उनले भने, ‘संसद्को गरिमा कायम राख्न सभामुखले आवश्यक कदम चाल्नुपर्छ ।’

‘निलो रिबन’ मानव तस्करीविरुद्धको प्रतीकः रास्वपा
यता रास्वपाले भने आफूहरूले प्रयोग गरेको निलो रिबनलाई मर्यादाको उल्लंघन होइन, बरु सन्देशमूलक विरोधको रूपमा प्रस्तुत गरेको बताएको छ ।

सांसद तथा पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार विश्वव्यापी रूपमा निलो रिबन मानव तस्करीविरुद्धको चेतनामूलक प्रतीक हो । ‘हामीले यही सन्देश दिन खोजेका हौं,’ झाले भने ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३, मंगलवार ०९:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP