मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जसपाका मधेश प्रदेश सांसद सरोज कुमार सिंह अख्तियारको फन्दामा

1.7K
SHARES
जसपाका मधेश प्रदेश सांसद सरोज कुमार सिंह अख्तियारको फन्दामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश सांसद सरोज कुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनी राजधानीको अनामनगरस्थित क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन् ।

सिंह महोत्तरी क्षेत्र नम्बर–४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहिसकेका छन् । अख्तियार स्रोतका अनुसार, सार्वजनिक योजनामा अनियमितता गरेको आशंकामा उनीमाथि अनुसन्धान सुरु गरिएको हो ।

यसअघि अख्तियारले १२ जेठमा सिंहको महोत्तरीस्थित निवासमा छापा मारेको थियो । छानबिनका क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई समेत पक्राउ गरिएको थियो । घरबाट योजनासम्बन्धी विभिन्न सरकारी कागजातहरू बरामद गरिएको थियो भने उनका मोबाइल उपकरणहरू नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो ।

अख्तियारले प्रारम्भिक अनुसन्धानमा सिंहको संलग्नतामा सरकारी योजनाबाट लाभ लिने नियोजित प्रयास भएको संकेत देखिएको बताएको छ। उनका सचिवमार्फत योजनाको कार्यान्वयन प्रक्रिया प्रभावित पारिएको आशंका गरिएको छ।

अख्तियार स्रोत भन्छ, ‘केही योजनाहरूमा ठेकेदार छनोटदेखि भुक्तानी प्रक्रिया सम्ममा हस्तक्षेप भएको प्रारम्भिक प्रमाण फेला परेको छ ।’

सिंहको गिरफ्तारीले मधेश प्रदेशको राजनीतिमा थप तरंग ल्याएको छ। जसपाका भित्री गुटहरूबीच पहिल्यै तनाव रहेको अवस्थामा यो घटनाले आन्तरिक संघर्ष झनै चर्काउन सक्ने अनुमान गरिएको छ । प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीहरू बढ्दै गइरहेका बेला सांसदकै संलग्नता देखिनु गम्भीर संकेतका रूपमा हेरिएको छ ।

जसपाका प्रदेशस्तरीय नेताहरूले यस विषयमा टिप्पणी दिन अस्वीकार गरेका छन् । तर पार्टीका केही स्रोतहरू भन्छन्, ‘यदि अनुसन्धान निष्पक्ष छ भने पार्टी कानुनी प्रक्रिया चल्न दिने पक्षमा हुनेछ । तर राजनीतिक पूर्वाग्रहका आधारमा कसैलाई फसाउने प्रयास भए त्यसको प्रतिवाद गरिनेछ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २९, बिहीबार १२:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP