मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

क्रोएसियाको प्रभावशाली सुरुआत, दुई खेलमै १२ गोल

3.4K
SHARES
क्रोएसियाको प्रभावशाली सुरुआत, दुई खेलमै १२ गोल

काठमाडौं । विश्वकप फुटबल २०२६ को युरोपेली छनोटमा क्रोएसियाले शानदार सुरुआत गर्दै पहिलो दुई खेलमै १२ गोल गरेको छ । आइतबार राति समूह एल अन्तर्गतको दोस्रो खेलमा उसले चेक गणतन्त्रमाथि ५–१ को सशक्त जित दर्ता गर्‍यो ।

पहिलो खेलमा जिब्राल्टरलाई ७–० ले हराएको क्रोएसियाले दोस्रो खेलमा पनि गोलको वर्षा गर्न सफल रह्यो । चेकविरुद्धको खेलमा ४२ औँ मिनेटमा आन्द्रे क्रामारिकले गोल गर्दै खाता खोले। यद्यपि, ५८ औँ मिनेटमा टोमास साउसेकले नजिकैको प्रहारमा गोल गर्दै चेक गणतन्त्रलाई बराबरीमा ल्याए ।

तर त्यसपछि क्रोएसियाले लगातार चार गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो । ६२औँ मिनेटमा लुका मोड्रिकले पेनाल्टी मार्फत अग्रता पुनः दिलाए । त्यसपछि ६८औँ मिनेटमा इभान पेरिसिक, ७२औँ मिनेटमा आन्द्रे बुडिमिर र अन्त्यतिर पुनः क्रामारिकले गोल गरे ।

उक्त समूहकै अर्को खेलमा फारो आइजल्यान्डले जिब्राल्टरलाई २–१ ले हराउँदै पहिलो जित हात पारेको छ । खेलको सुरुवातमै २३औँ मिनेटमा स्कालटनको गोलले जिब्राल्टरले अग्रता लिएको थियो । तर दोस्रो हाफमा फारो आइजल्यान्डका फ्रेडरिक्सबर्ग र जोनान्सेनले गोल गर्दै टोलीलाई जित दिलाए ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २७, मंगलवार ०५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP