मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लोकतन्त्र मजबुत भए मात्र पत्रकारिता सबल हुन्छ: अध्यक्ष शर्मा

2K
SHARES
लोकतन्त्र मजबुत भए मात्र पत्रकारिता सबल हुन्छ: अध्यक्ष शर्मा

धनगढी ।  नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले लोकतन्त्र सुदृढ भए मात्रै पत्रकारिता पनि सबल र प्रभावकारी बन्ने स्पष्ट गरेकी छन् ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको “प्रदेशस्तरीय संवाद तथा फ्रि मिडिया नेटवर्क गठन कार्यक्रम”मा बोल्दै अध्यक्ष शर्माले नागरिकलाई सूचित गर्ने जिम्मेवारी वहन गर्ने पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउनु अत्यन्त आवश्यक रहेको बताइन् ।

उनका अनुसार पछिल्लो समय पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरू देखा परेका छन् । यस्तो अवस्थामा पत्रकारहरूले आफ्नो व्यक्तिगत सुरक्षा र पेशागत उत्तरदायित्व दुवैमा सचेत हुनुपर्ने आवश्यकता औँल्याइन् ।

शर्माले गठन भएको फ्रि मिडिया नेटवर्कले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा व्यक्त गरिन् । “यस नेटवर्कमा नागरिक समाजका अगुवा, सरकारी निकायका प्रतिनिधि र पत्रकारिता सम्बन्धित सङ्गठनहरू समावेश भएकाले सूचनाको पहुँच विस्तार र पत्रकारको सुरक्षा दुवैमा सहयोग पुग्नेछ,” उनले भनिन् ।

त्यस्तै, उनले पत्रकारिताप्रति आमनागरिकले राख्दै आएको विश्वासलाई कायम राख्न पत्रकारहरूले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा अध्यक्ष शर्माले सञ्चारमाध्यमहरू आर्थिक सङ्कटका कारण प्रभावित भइरहेकाले पत्रकार पलायनको अवस्था सिर्जना भएको स्मरण गराउँदै यसको समाधान खोज्न समग्र राज्य संयन्त्र जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमकै क्रममा महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहको संयोजकत्वमा १७ सदस्यीय फ्रि मिडिया नेटवर्क पनि गठन गरिएको छ । उक्त सञ्जालमा नागरिक समाज, सरकारी निकाय तथा पत्रकार सम्बद्ध विभिन्न संगठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २६, सोमबार ०७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP