मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाथीभरा केबलकार विवाद समाधानका लागि वार्ता आवश्यक: सांसद झा

1.7K
SHARES
पाथीभरा केबलकार विवाद समाधानका लागि वार्ता आवश्यक: सांसद झा

काठमाडौँ — सांसद रञ्जुकुमारी झाले पाथीभरा केबलकार निर्माणमा देखिएको विवादलाई वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले सरकार र आन्दोलनरत पक्षबीच संवादको माध्यमबाट समस्या हल गर्नुपर्ने माग राख्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनका अनुसार स्थानीय समुदायको दमन गरेर होइन, सहकार्यद्वारा सद्भावपूर्ण वातावरण सिर्जना गरी विवाद समाधान गर्न आवश्यक छ। साथै, सांसद झाले सरकारलाई मात्र नभई आन्दोलनरत स्थानीयलाई पनि विकास निर्माणका गतिविधिप्रति सचेत रहन आग्रह गरिन्।

 

 
 



अगुल्टो अगुल्टो   
  • २०८१ फाल्गुन १२, सोमबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP