मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवनियुक्त प्रधानमन्त्री कार्कीको पहिलो निर्णयः प्रतिनिधिसभा विघटनको सिफारिस

4K
SHARES
नवनियुक्त प्रधानमन्त्री कार्कीको पहिलो निर्णयः प्रतिनिधिसभा विघटनको सिफारिस

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणलगत्तै महत्वपूर्ण निर्णयको सुरुआत गरेकी छिन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले पहिलो बैठकमै प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै आफ्नो कार्यकाल सुरु गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीको सिफारिसपछि राष्ट्रपति पौडेलले उक्त सिफारिस तत्काल सदर गरेका छन् । राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार राति ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विघटन गर्नु भएको छ ।”

यस निर्णयसँगै देशमा नयाँ राजनीतिक घटनाक्रमको सुरुआत भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २८, शनिबार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP