मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहिरो खस्दा बीपी राजमार्ग ठप्प, यात्रा गर्नुअघि अवस्था बुझ्न आग्रह

130
SHARES
पहिरो खस्दा बीपी राजमार्ग ठप्प, यात्रा गर्नुअघि अवस्था बुझ्न आग्रह

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका क्षेत्रमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पहिरो खस्दा राजमार्गमा सवारीसाधनको आवागमन ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुवै स्थानमा पहिरो खसेपछि राजमार्ग भएर चल्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । पहिरोका कारण यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ भने राजमार्ग भएर यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन् ।

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक तत्काल सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीले जनाएको छ । वर्षाका कारण माथिबाट थप पहिरो र लेदो खस्ने जोखिम रहेकाले सडक खुलाउन समय लाग्न सक्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।

उनका अनुसार राजमार्गको अवस्था प्रतिकूल रहेकाले यात्रु तथा सवारीचालकले विशेष सावधानी अपनाउन आवश्यक छ । सडक अवरुद्ध भएको अवस्थामा जबर्जस्ती यात्रा गर्दा थप जोखिम निम्तिन सक्ने भएकाले सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

बीपी राजमार्ग काभ्रे हुँदै पूर्वी नेपालका विभिन्न जिल्लालाई काठमाडौं उपत्यकासँग जोड्ने प्रमुख सडक मार्ग हो । यस राजमार्गमा वर्षायाम तथा वर्षापछिको समयमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिँदै आएको छ ।

प्रहरीले वर्षा जारी रहेकाले अनावश्यक यात्रा नगर्न र राजमार्गको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै आफ्नो यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ कार्तिक १५, शनिबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP