मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने

455
SHARES
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको संगठन सुदृढीकरण, आगामी महाधिवेशन तथा निर्वाचनको तयारी र सरकारका गतिविधिविरुद्ध राजनीतिक दबाब सिर्जना गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले राष्ट्रिय जागरण अभियान सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार अभियानमार्फत पार्टीको महाधिवेशनको तयारीलाई अघि बढाउनुका साथै स्थानीय तह र प्रदेश निर्वाचनका लागि संगठनलाई परिचालन गरिनेछ । साथै, सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारीसमेत अभियानको उद्देश्य रहेको उनले बताए ।

बैठकले पार्टीका तल्लो तहका अधिवेशनको कार्यतालिका पनि तय गरेको छ । निर्णयअनुसार आगामी पुस ११ गते देशभरका सबै वडामा एकै दिन अधिवेशन हुनेछ भने माघ १५ गते सबै पालिकामा पालिकास्तरीय अधिवेशन आयोजना गरिनेछ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । निर्वाचनअघि वडा र पालिकास्तरका अधिवेशन सम्पन्न गरी पार्टीको संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने नेकपाको तयारी छ ।

युवा सहभागितालाई प्राथमिकता दिँदै पार्टीका कार्यक्रमहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता ज्वालाले बताए । यसका साथै प्रवासमा पार्टीको काम विस्तार गर्ने तथा श्रमजीवी मजदुर र किसानबीचका गतिविधिलाई थप सशक्त र व्यवस्थित बनाउने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले ‘ग्रे जोन’ पत्रिकाको रिपोर्टमा उल्लेखित राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयमा सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसहित विशेष प्रस्ताव पनि पारित गरेको छ ।

राष्ट्रिय जागरण अभियानमार्फत पार्टीको राजनीतिक गतिविधि विस्तार गर्ने, संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने र आगामी निर्वाचनका लागि आधार तयार गर्ने नेकपाको योजना देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २३, शुक्रबार १२:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP