मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेकपाको वडा अधिवेशन पुस ११ र पालिका अधिवेशन माघ १५ मा

416
SHARES
नेकपाको वडा अधिवेशन पुस ११ र पालिका अधिवेशन माघ १५ मा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तह निर्वाचनअघि वडा र पालिकास्तरका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीले शुक्रबार अधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै वडा अधिवेशन पुस ११ गते र पालिका अधिवेशन माघ १५ गते गर्ने जनाएको हो ।

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले अधिवेशनसम्बन्धी कार्यतालिका तय गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकको निर्णयअनुसार आगामी पुस ११ गते देशभरका सबै वडामा एकै दिन अधिवेशन गरिनेछ । त्यसैगरी, माघ १५ गते पालिकास्तरका अधिवेशन आयोजना गरिने प्रवक्ता ज्वालाले बताए ।

पार्टीले वडा र पालिकास्तरका अधिवेशनलाई संगठन सुदृढीकरण तथा नेतृत्व विकासको अवसरका रूपमा अघि बढाउने तयारी गरेको छ । तल्लो तहदेखि नै संगठनलाई व्यवस्थित बनाउँदै पार्टीको आन्तरिक संरचनालाई सक्रिय बनाउने उद्देश्यले अधिवेशनको कार्यतालिका तय गरिएको हो ।

ज्वालाका अनुसार जिल्ला, प्रदेश र केन्द्रीय तहका अधिवेशन तथा महाधिवेशन भने स्थानीय तहको निर्वाचनपछि आयोजना गरिनेछ । यससँगै पार्टीले स्थानीय तहको निर्वाचनअघि तल्लो तहको संगठनात्मक गतिविधि सम्पन्न गर्ने र माथिल्लो तहका अधिवेशनलाई निर्वाचनपछिका लागि राख्ने रणनीति लिएको छ ।

बैठकले पार्टीका विभिन्न तहका अधिवेशनमा युवाको सहभागिता बढाउने निर्णयसमेत गरेको छ । वडा र पालिकास्तरबाटै युवालाई नेतृत्वमा स्थापित गर्ने तथा संगठनात्मक गतिविधिमा उनीहरूको भूमिका विस्तार गर्ने विषयलाई पार्टीले प्राथमिकतामा राखेको प्रवक्ता ज्वालाले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २३, शुक्रबार १२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP