मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस महाधिवेशन: १९ पदाधिकारीका लागि ३२ जनाको उम्मेदवारी (नामावलीसहित)

455
SHARES
कांग्रेस महाधिवेशन: १९ पदाधिकारीका लागि ३२ जनाको उम्मेदवारी (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले पदाधिकारीसहित विभिन्न पदका उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो ।

कांग्रेसको विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी कुल २४ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये सहमहामन्त्रीका चार र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने प्रावधान रहेकाले १९ पदाधिकारी मात्र निर्वाचनबाट चयन हुनेछन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार १९ पदाधिकारी पदका लागि ३२ जनाले उम्मेदवारी दिएका छन् ।

सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले सभापति पदका लागि उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपसभापति पदमा भने वर्तमान उपसभापति विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेको छ । विधानअनुसार एक जना वरिष्ठ उपसभापति रहने व्यवस्था छ ।

त्यस्तै, समावेशी महिला समूहअन्तर्गत उपसभापति पदमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ । खुलातर्फ दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । शर्मा र भुसाल दुवै हाल पार्टीको उपसभापति पदमा रहेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमाथि कुनै दाबी–विरोध भए त्यसका लागि आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ । निर्धारित समयभित्र परेको दाबी–विरोधमाथि आवश्यक प्रक्रिया पूरा गरी अन्तिम नामावली सार्वजनिक गरिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २१, बुधबार ०१:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP