मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हिमाली–पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना, केही ठाउँमा भारी वर्षा हुन सक्ने

429
SHARES
हिमाली–पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना, केही ठाउँमा भारी वर्षा हुन सक्ने

काठमाडौं । देशका हिमाली तथा पहाडी भूभागमा आज मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार हिमाली क्षेत्रका थोरै र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्नेछ ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रसँगै बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी प्रदेशका सबै भूभागसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । तराई क्षेत्रमा भने आंशिक बदली रहने र बिहानतिर हुस्सु तथा कुहिरो लाग्न सक्ने सम्भावना छ ।

राति हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

तराईका पनि एक–दुई स्थानमा राति मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २१, बुधबार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP