मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक, उद्घाटन १८ असोजमा

546
SHARES
कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक, उद्घाटन १८ असोजमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । समितिले मंगलबार प्रेस विज्ञप्तिमार्फत नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

संशोधित कार्यतालिकाअनुसार कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ । काठमाडौंको खुलामञ्चमा दिउँसो २ः०० बजे उद्घाटन समारोह सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

विज्ञप्ति अनुसार महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते सञ्चालन हुनेछ ।

त्यसैगरी महाधिवेशनको निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गते तोकिएको छ । निर्वाचनसम्बन्धी अन्य कार्यक्रम तथा विस्तृत कार्यतालिका भने पछि सार्वजनिक गरिने समितिले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको व्यवस्थापनका लागि पनि समितिले समयसीमा निर्धारण गरेको छ । क्षेत्रीय अधिवेशन असोज १५ गतेभित्र सम्पन्न गरी महाधिवेशन प्रतिनिधिहरूको नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न निर्देशन दिइएको छ ।

महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन तथा दर्ताका लागि असोज १६ र १७ गतेको समय तोकिएको छ । प्रतिनिधिको नामावली संकलन तथा दर्ता प्रक्रिया पूरा भएपछि महाधिवेशनका अन्य तयारी अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।

यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको थियो । प्रतिकूल मौसमका कारण विभिन्न तहका अधिवेशन प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति संशोधन गरेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १३, मंगलवार १३:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP