मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२५ जिल्लामा यातायात पूर्ण बन्द, २७ जिल्लामा राति रोक

507
SHARES
२५ जिल्लामा यातायात पूर्ण बन्द, २७ जिल्लामा राति रोक

काठमाडौं । लगातारको भारी वर्षाका कारण सडकमा जोखिम बढेपछि आज (शनिबार) देशका २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको छ । सडक विभागले सूचना जारी गर्दै जोखिमयुक्त सडकमा यातायात आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको हो । ।

विभागका अनुसार हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके र बर्दियासहित २५ जिल्लामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

त्यस्तै, थप २७ जिल्लामा रातिको समयमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ । राति यातायात बन्द हुने जिल्लामा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा र धादिङलगायत रहेका छन् ।

अन्य २५ जिल्लाका सडकमा भने उच्च सतर्कता अपनाएर मात्रै सवारीसाधन सञ्चालन गर्न सडक विभागले आग्रह गरेको छ ।

भारी वर्षाका कारण सडक तथा पुलमा बाढी, पहिरो र अन्य जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ । जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायको सूचना पालना गर्नसमेत विभागले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १०, शनिबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP