मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज देशभर बदली, पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

286
SHARES
आज देशभर बदली, पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर आज मौसममा बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्नेछ ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ । तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

रातिको समयमा कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराईका बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

 



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २, शुक्रबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP