मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवाका दुर्गम बाढी प्रभावित क्षेत्रमा तामाङ समाज आयरल्यान्डको राहत

195
SHARES
रसुवाका दुर्गम बाढी प्रभावित क्षेत्रमा तामाङ समाज आयरल्यान्डको राहत

काठमाडौं । रसुवाको दुर्गम क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि उद्धार तथा राहत वितरण अभियान जारी रहेको छ । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा नेपाल तथा विदेशमा रहेका नेपाली समुदाय, विभिन्न संघसंस्था र सामाजिक अभियन्ताले सहयोगलाई निरन्तरता दिइरहेका छन् ।

यसै क्रममा तामाङ समाज आयरल्यान्डले रसुवाको आमाछोदिङमो गाउँपालिका–३ गल्लाङलगायत बाढी प्रभावित दुर्गम क्षेत्रमा राहत तथा सहयोग पुर्‍याइरहेको छ । सडक तथा यातायातको असहजताका कारण राहत सामग्री पुर्‍याउन कठिन भइरहेका स्थानमा समेत समाजले सहयोग पुर्‍याएको हो ।

विशेषगरी प्रभावित क्षेत्रमा राहत पुर्‍याउने र वितरण व्यवस्थापनमा स्थानीय अभियन्ता अञ्जलि लोप्चनको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । स्थानीय आवश्यकताका आधारमा राहत सामग्री प्रभावित परिवारसम्म पुर्‍याउन उनले समन्वय गरिरहेकी छन् ।

राहत वितरणमा आमाछोदिङमो गाउँपालिका–३ का वडा अध्यक्ष धर्म तामाङ तथा वडा सचिव प्रेम गोलेले पनि समन्वय तथा सहजीकरण गरेका छन् । स्थानीय जनप्रतिनिधि र अभियन्ताको समन्वयमा प्रभावित परिवारको पहिचान गरी राहत वितरण गरिएको बताइएको छ ।

काठमाडौंबाट समेत विभिन्न संघसंस्था तथा व्यक्तिहरूले राहत सामग्री पठाइरहे पनि बाढी र पहिरोका कारण सडक तथा बाटोको अवस्था कमजोर हुँदा दुर्गम बस्तीमा राहत पुर्‍याउन चुनौती देखिएको छ । यस्तो अवस्थामा स्थानीय स्तरबाट गरिएको समन्वय र विदेशमा रहेका नेपाली समुदायको सहयोगले प्रभावित परिवारलाई राहत पुग्न सहज भएको छ ।

अभियन्ता लोप्चनका अनुसार आमाछोदिङमो तथा गोल्जुङलगायत क्षेत्रमा आवश्यकताअनुसार राहत पुर्‍याउने प्रयास भइरहेको छ । भौगोलिक कठिनाइका कारण बाह्य क्षेत्रबाट सहज रूपमा पुग्न नसक्ने बस्तीलाई प्राथमिकतामा राखेर सहयोगलाई निरन्तरता दिइएको उनले बताइन् ।

बाढीपछि प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता कायमै रहेको स्थानीयको भनाइ छ । विपद्को समयमा देश–विदेशबाट प्राप्त सहयोगले प्रभावित परिवारलाई तत्कालको संकट व्यवस्थापनमा महत्वपूर्ण टेवा पुगेको स्थानीयले बताएका छन् ।

तामाङ समाज आयरल्यान्डले आगामी दिनमा पनि आवश्यकताका आधारमा प्रभावित क्षेत्रका परिवारलाई सहयोग जारी राख्ने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २७, शनिबार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP