मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

1K
SHARES
संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सुरु हुनेछ ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभामा पेस गर्नेछन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धमा तयार गरिएको प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसैबीच, सभामुखले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

उता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

त्यस्तै, प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

उक्त प्रस्तावमाथि राष्ट्रियसभामा छलफल गरी पारित गर्ने कार्यक्रमसमेत रहेको संघीय संसद सचिवालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २५, बिहीबार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP