मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बहराइनमाथि नेपालको सान्दार जित: प्रिमियर कपमा खोल्यो खाता

819
SHARES
बहराइनमाथि नेपालको सान्दार जित: प्रिमियर कपमा खोल्यो खाता

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी युकेएम ओभलमा सोमबार भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा अर्जुन कुमालले सर्वाधिक ३९ रन बनाए । रोहित पौडेलले १९, आसिफ शेखले १८ तथा देव खनालले १० रन जोडे ।

बहराइनका इमरान जाभेद अनवरले नेपालका दुई विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु टिक्न सकेन । बहराइन ३६ ओभर २ बलमा ८७ रनमै अलआउट भयो । उसका लागि फियाज अहमदले १५ रन बनाए भने मोहम्मद वासिमले १३ र अली दाउदले १० रन जोडे । बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइन सानो योगफलमै सीमित भएको थियो ।

नेपालले अब प्रतियोगिताको दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियाविरुद्ध खेल्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १५, सोमबार ०८:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP