मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशी बाढी: खोज तथा उद्धारमा चार हजारभन्दा बढी प्रहरी परिचालन, ३८९ शव फेला

598
SHARES
भोटेकोशी बाढी: खोज तथा उद्धारमा चार हजारभन्दा बढी प्रहरी परिचालन, ३८९ शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको काम अझै जारी छ । नेपाल प्रहरीले बिहीबार राति ९ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित विभिन्न क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको जनाएको छ ।

प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ३८९ वटा शव फेला परेका छन् । तीमध्ये रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी (पूर्व) मा ८७ र नवलपरासी (पश्चिम) मा २७ वटा शव फेला परेका छन् ।

बाढीमा परी अझै २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजीका लागि सुरक्षा निकायले प्रभावित क्षेत्र तथा आसपासका सम्भावित स्थानमा खोजी अभियान सञ्चालन गरिरहेको छ ।

विपद्मा परी घाइते भएका तथा विभिन्न स्थानबाट उद्धार गरिएका ४६६ जनालाई प्रहरीले उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामध्ये काठमाडौँमा ८४, रसुवामा २८९, धादिङमा ३ र नुवाकोटमा ९० जना रहेका छन् ।

बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्राथमिकतामा राखिएको छ । साथै, घाइतेको उद्धार, प्रभावितको सुरक्षित स्थानान्तरण तथा राहत वितरणका काम पनि सुरक्षा निकायको समन्वयमा भइरहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण प्रभावित जिल्लामा जनजीवनमा ठूलो असर परेकाले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालनलाई निरन्तरता दिइएको छ । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार उद्धार टोली परिचालन गरी खोजी तथा राहतका काम अघि बढाइएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १२, शुक्रबार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP