मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ घाइतेको उद्धार

247
SHARES
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ घाइतेको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सबैभन्दा बढी मानवीय क्षति नुवाकोट र धादिङमा भएको छ । नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको मृत्यु भएको छ भने धादिङमा पाँच महिला, दुई पुरुष र पहिचान खुल्न नसकेका दुई जनासहित नौ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रसुवामा एक पुरुषको मृत्यु भएको छ भने चितवनमा एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाढी तथा त्यसबाट उत्पन्न विपद्मा परी घाइते भएका ६५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट तीन जना रहेका छन् ।

उद्धार गरिएका घाइतेमध्ये ६ जनालाई काठमाडौं ल्याइएको छ भने ३६ जना धुन्चेमा उपचार तथा निगरानीमा रहेका छन् । अन्य घाइतेको नुवाकोटका विभिन्न स्थानबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये एक जना प्रहरीसमेत रहेको विवरणमा उल्लेख छ ।

भोटेकोशीमा आएको बाढीपछि नदी आसपासका क्षेत्रमा व्यापक क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको संख्या थप बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १०, बुधबार ११:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP