मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुन सक्रिय, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

1.4K
SHARES
मनसुन सक्रिय, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अहिले मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अधिकांश भूभागमा मौसम बदली भएको छ ।

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा समेत वर्षा जारी रहेको महाशाखाले जनाएको छ ।

सोमबार दिनभर देशभर सामान्य बदली रहने पूर्वानुमान छ । हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ । पहाडी भूभागका अधिकांश स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ८, सोमबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP