मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ब्रोड पीक हिमपहिरोः निम्स दाइसहित नेपाली आरोहीहरूको निधनप्रति सरकारद्वारा गहिरो दुःख व्यक्त

26
SHARES
ब्रोड पीक हिमपहिरोः निम्स दाइसहित नेपाली आरोहीहरूको निधनप्रति सरकारद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको हिमपहिरोमा परी प्रख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित नेपाली तथा अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ तर्फ जाने क्रममा हिमपहिरोमा परेर निम्स दाइसँगै पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको उल्लेख गर्दै यस घटनाले नेपालको पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । उनीहरूसँगै अन्तर्राष्ट्रिय आरोहण टोलीका अन्य सदस्यहरू पनि दुर्घटनामा परेका थिए ।

मन्त्रालयका अनुसार नेपाली आरोहीहरू बेपत्ता भएको सूचना प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय र नेपाली उद्धार टोलीले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएका थिए । कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच उद्धारमा खटिएका पाकिस्तानी तथा नेपाली पर्वतारोहीहरूको साहस र समर्पणको मन्त्रालयले प्रशंसा गरेको छ ।

हालसम्म दुर्घटनामा परेका नेपालीमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने अन्य आरोहीहरूको खोजी कार्य अझै जारी रहेको मन्त्रालयले जनाएको छ ।

दिवंगत नेपाली आरोहीहरूको शव स्वदेश ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

विज्ञप्तिको अन्त्यमा मन्त्रालयले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना प्रकट गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १७, आईतवार १०:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP