मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

क्रोएसियाको जितसँगै अन्तिम ३२ मा प्रवेश, इंग्ल्यान्ड समूह विजेता

754
SHARES
क्रोएसियाको जितसँगै अन्तिम ३२ मा प्रवेश, इंग्ल्यान्ड समूह विजेता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को अन्तिम खेलमा क्रोएसियाले घानामाथि २–१ को रोमाञ्चक जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

फिलाडेल्फियामा सम्पन्न खेलमा क्रोएसियाका लागि पेटार सुचित र निकोला भ्लासिचले एक–एक गोल गरे । घानाका डेरिक लुकासेनले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यस जितसँगै क्रोएसियाले समूहमा उपविजेताको रूपमा अन्तिम ३२ मा स्थान बनायो । यसअघि नै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा पुगिसकेको थियो ।

यता, समूहको अर्को खेलमा इंग्ल्यान्डले पानामालाई २–० ले पराजित गर्दै सात अंकसहित समूह शीर्षस्थान कायम राख्यो । न्युयोर्कमा भएको खेलमा इंग्ल्यान्डले सुरुदेखि नै खेल नियन्त्रणमा राख्दै सहज जित दर्ता गरेको हो ।

इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराएको थियो भने दोस्रो खेलमा घानासँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेलमा पानामालाई पराजित गर्दै इंग्ल्यान्डले समूह विजेताको यात्रा पूरा गर्‍यो ।

यस हारसँगै पानामाको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ भने घानाको दोस्रो चरण पुग्ने सम्भावना केही बाँकी छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १४, आईतवार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP