मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराजित रहँदै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा, चितवन ४९ रनले पराजित

3.3K
SHARES
अपराजित रहँदै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा, चितवन ४९ रनले पराजित

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लिग चरणमै शीर्ष दुई स्थान सुनिश्चित गर्दै क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले यस सिजन लगातार छैटौँ जित दर्ता गर्‍यो ।

१७० रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको चितवन १७.१ ओभरमा १२० रनमै समेटियो । यससँगै १२ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै मंगलबार हुने पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ । जित हात पार्न सकेमा टोली फाइनलमा पुग्नेछ, पराजय भए पनि दोस्रो क्वालिफायरमार्फत अर्को मौका पाउनेछ ।

सुदूरपश्चिमको आजको जितसँगै विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ । यसअघि नै काठमान्डु गुर्खाजले प्लेअफ स्थान सुनिश्चित गरिसकेको थियो । अब प्लेअफमा तीन टोलीको सहभागिता पक्का भइसकेको छ—सुदूरपश्चिम, काठमान्डु र विराटनगर ।

बाँकी एक स्थानका लागि चितवन, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा रहनेछ । भोलि हुने खेलमा लुम्बिनीले जनकपुरलाई हराए प्लेअफमा पुग्नेछ, जसअनुसार चितवन, पोखरा र जनकपुर बाहिरिनेछन् । लुम्बिनी पराजित भए बाँकी तीनै टोलीका लागि सम्भावना खुला रहनेछ । चितवनले अन्तिम खेल पोखरासँग खेल्नेछ भने जनकपुरले कर्णालीसँग प्रतिस्पर्धा गर्नेछ ।

चितवनका ब्याटरहरूले बिहीबारको महत्वपूर्ण खेलमा प्रभाव जमाउन सकेनन् । अर्जुन साउद १६ रनमा आउट भए भने डेभिड मलान र सइफ जइब ६–६ रनमै पेभेलियन फर्किए । रवी बोपाराले २९ रन जोडे भने कप्तान कुशल मल्लले १५ रन बनाउँदै पेभिलियन फर्के । देव खनालले २८ रन बनाए ।

सुदूरपश्चिमका पुनित मेहराले ३ विकेट लिए ।

यसअघि टस जितेर फिल्डिङ रोजेको चितवनकाविरुद्ध सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १६९ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो । क्रिस लिनले ५६ बलमा ७५ रनको शानदार पारी खेले, जसमा ५ चौका र ३ छक्का सामेल थिए। १७औँ ओभरको अन्त्यमा उनी रिटायर्ड हट भए । ओपनर विनोद भण्डारी २१ रनमा आउट भए। इशान पाण्डे र हर्मित सिंह १–१ रनमै फर्किए ।

डेब्यू खेल खेलेका पुनित मेहराले १३ रन जोडे । अन्त्यतिर दीपेन्द्रसिंह ऐरीले १४ बलमा अविजीत २४ रन र आरिफ शेखले १६ बलमा अविजीत २४ रन जोडी टोलीलाई बलियो अवस्थामा पुर्‍याए ।

चितवनका जइबले २ विकेट लिए भने जर्ज स्कृमश र रञ्जितले एक–एक विकेट हात पारे ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १८, बिहीबार १४:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP