मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेसीको एक गोल र तीन असिस्टसहित इन्टर मियामीको शानदार जित, कन्फरेन्स फाइनलमा प्रवेश

2K
SHARES
मेसीको एक गोल र तीन असिस्टसहित इन्टर मियामीको शानदार जित, कन्फरेन्स फाइनलमा प्रवेश

काठमान्डु । लियोनेल मेसीको एक गोल र तीन असिस्टको चम्किलो प्रदर्शनसहित इन्टर मियामीले आइतबार एफसी सिनसिनाटीलाई ४–० ले पराजित गर्दै एमएलएसकोपूर्वी कन्फरेन्स फाइनलमा प्रवेश गरेको छ । मियामी अब फिलाडेल्फिया युनियन र न्युयोर्क सिटीएफसीबीचको अर्को सेमिफाइनलको विजेतासँग भिड्नेछ ।

मेसीले यस जितसँगै एमएलएस प्लेअफमा एकै सिजनमा १२ गोल योगदान (६ गोल, ६ असिस्ट) गर्दै नयाँ रेकर्ड बनाएका छन् ।

गत सिजन सपोर्टर्स शिल्ड जितेको र यस वर्ष फिलाडेल्फियापछाडिको दोस्रो उत्कृष्ट रेर्कड बनाएको सिनसिनाटीले गत वर्ष कन्फरेन्स फाइनलमा कोलम्बस क्रूविरुद्ध हार बेहोरेको थियो । मेसीले यसअघि सिनसिनाटीविरुद्ध लगातार तीन खेलमा गोल गर्न नसके पनि आइतबार १९औँ मिनेटमा माटेओ सिल्भेट्टीको क्रसमा हेडरमार्फत गोल गर्दै गोल–खडेरी तोडे । यो उनको पछिल्ला सात खेलमा ११औँ गोल हो ।

गोल गरेपछि केही बेरमै मेसीले अर्को सहज अवसर पाए पनि उनको प्रहार गोलपोस्ट बाहिरियो । सिनसिनाटीले पहिलो हाफमा एन्डर एचेनीकले बनाएको अवसरमा लेभाण्डरले हवाई प्रहार बारमाथि पठाउनु ठूलो गल्ती बन्न पुग्यो ।

मियामीले खेलभरि ७ प्रहार लक्ष्यमा प्रहार गर्यो भने सिनसिनाटीले ४ मात्र ।

दोस्रो हाफको १०औँ मिनेटमा सिल्भेट्टीले बक्सको बायाँपट्टिबाट प्रहार गर्दै मियामीलाई २–० को अग्रता दिलाए । ६२औँ मिनेटमा मेसीले उत्कृष्ट थ्रु–पास दिएपछि तादेओ एलेन्डेले गोल गर्दै ३–० बनाए । एलेन्डेले ७४औँ मिनेटमा दोस्रो व्यक्तिगत गोल गर्दै खेललाई ४–० मा टुङ्ग्याए ।

सिनसिनाटीले यसअघि १६ जुलाईमा मियामीलाई घरेलु मैदानमा ३–० ले हराएको थियो भने २६ जुलाईमा फोर्ट लडरडेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । पहिलो भेटमा मेसी खेलेका थिए भने दोस्रोमा अनुपस्थित थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ८, सोमबार ०५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP