मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बार्सिलोनाको पुनरागमन जित, ओभिडोमाथि ३–१ को नतिजा

1.7K
SHARES
बार्सिलोनाको पुनरागमन जित, ओभिडोमाथि ३–१ को नतिजा

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले ओभिडोविरुद्ध ३–१ को प्रभावशाली पुनरागमन जित निकालेको छ ।

खेलको पहिलो हाफमा ओभिडोले अप्रत्याशित अग्रता लिएको थियो । बार्सिलोनाका गोलकिपर जोन गार्सियाको गल्तीमा अल्बर्टो रेइनाले टाढैबाट प्रहार गर्दै गोल गरेका थिए । गार्सियाले डिबक्स बाहिरै बल कासाडोलाई दिन खोज्दा रेइनाले मौकाको सदुपयोग गरेका हुन् ।

तर दोस्रो हाफमा बार्सिलोनाले खेलको लयमा फर्किको थियो । ५६औँ मिनेटमा फेरान टोरेसको प्रहार पोलमा ठोक्किएपछि फर्किएको बललाईलाई एरिक गार्सियाले गोलमा परिणत गर्दै बराबरी गरे ।

७०औँ मिनेटमा फ्रेन्की डे जोङको पासमा रोबर्ट लेवान्डोव्स्कीले हेडर गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि ८८औँ मिनेटमा मार्कस रासफोर्डले लिएको कर्नरलाई रोनाल्ड अराउजोले हेड गर्दै स्कोर ३–१ बनाए । यो रासफोर्डको लिगमा लगातार तेस्रो असिस्ट थियो ।

ओभिडोले अन्तिमतिर गरेको प्रहार सान्त्वना मात्रै रह्यो । ६ खेलमा जम्मा ३ अंकसहित ओभिडो रेलिगेसन क्षेत्रमा छ ।

जितसँगै बार्सिलोना अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा २ अंकले मात्र पछाडि छ । रियलले अहिलेसम्मका सबै खेल जितेको छ भने बार्सिलोनाले एक खेल बराबरी र बाँकीमा जित दर्ता गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १०, शुक्रबार ०५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP